चुनाव जीते लगत्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले टेलिभिजनलाई हप्काएको समाचार अनलाइनखबरले प्रकाशित गरेको छ ।
काठमाडौं १ बाट चुनाव जितेको घोषणा हुँदैगर्दा रातको सवा २ बजेको थियो । त्यही बेला राष्ट्रिय सभागृहबाट लाइभ प्रसारण गरिरहेको एएटा निजी टेलिभिजनले उनको अन्तरवार्ता लिने प्रयास गर्यो ।
एक चर्चित निजी टेलिभिजनका पत्रकारले प्रकाशमानज्यू तपाईलाई बधाइ छ भनेर कुराकानी सुरु गर्नासाथ सिंहले उक्त टेलिभिजनलाई गाली गर्न सुरु गरिहाले । चुनावका बेलामा सो टीभीले ‘बायस न्युज’ दिएको भन्दै प्रकाशमानले औलो ठड्याउँदै गाली गरे । र, पिठ फर्काएर हिँडे ।
लगत्तै प्रकाशमानलाई अर्को निजी टीभीका पत्रकारले भेटे । सो टीभीसँग चाहिँ सिंहले समान्यरुपमा कुरा गरे ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
नेपाली कांग्रेसलाई अब सुधार गरेर जनताको चाहना अपेक्षा अनुसार अगाडि बढाउने सिंहले बताए ।
सरकारले राम्रो परफरमेन्स गर्न नसकेको र कांग्रेसको नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको हुनाले कांग्रेसले चुनावमा सोचेजस्तो सफलता हासिल गर्न नसकेको सिंहले विश्लेषण गरे ।
अब आफूले वीपी, सुवर्ण र गणेशमानको भावना अनुसार कांग्रेसलाई अघि बढाउने उनले बताए ।
यसैवीच प्रकाशमान सिंहको जितसँगै राति नै देखि कांग्रेस कार्यकर्ताहरुले सभागृह अगाडि नारावाजी गरेर खुशीयाली मनाएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।