प्रतिनिधिसभामा अहिलेसम्म निर्वाचित एमाले उम्मेदबारहरु


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

प्रतिनिधिसभामा निर्वाचनमा अहिलेसम्म एमालेका ११ जना उम्मेदवारहरु विजयी भएका छन् । अहिलेसम्म सबैभन्दा धेरै पनि एमालेकै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

बाग्लुङ क्षेत्र नं १ बाट डाक्टर सूर्य पाठक, ललितपुर क्षेत्र नं २ बाट कृष्णलाल महर्जन, ताप्लेजुङ क्षेत्र नं १ बाट योगेश भट्टरार्इ, दार्चुला क्षेत्र नं १ गणेश ठगुन्ना, डोल्पा क्षेत्र नं १ बाट धनबहादुर बुढा, बाजुरा क्षेत्र नं १ बाट लालबहादुर थापा, मुगु क्षेत्र नं १ बाट गोपाल बम, म्याग्दी क्षेत्र नं १ बाट भुपेन्द्रबहादुर थापा, बझाङ क्षेत्र नं १ बाट भैरवबहादुर सिंह, मुस्ताङ क्षेत्र नं १ बाट प्रेमप्रसाद तुलाचन र मनाङ क्षेत्र नं १ बाट पाल्देन छोपाङ गुरूङ निर्वाचित भएका छन् ।

एमालेले अहिलेसम्म ५९ स्थानमा अग्रता लिइरहेको छ ।

तस्विर : अनलाइनखबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com