नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा गएका पौडेलले जीते वाग्लुङ २ मा


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

वाग्लुङ क्षेत्र नम्बर २ बाट नेकपा माअोवादी केन्द्रका नेता देवेन्द्र पाैडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २८ हजार ८२७ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी निरज पुनले १९ हजार ९०५ मत पाएका छन् । पौडेल नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

बागलुङ १ मा भारी मतअन्तर सहित नेकपा एमालेका डा. सूर्य पाठक विजयी भएका छन्। उनले गरिबी निवारण राज्यमन्त्री कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार बढी मतले पराजित गरेका हुन्। पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com