२३ हजार ३ सय ७९ मत ल्याएर शालीकराम जमकट्टेल विजयी
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

धादिङ, २२ मंसिर– धादिङ क्षेत्र नम्बर– १ को प्रदेशसभा ‘ख’ मा बाम गठबन्धनका उम्मेदवार माओवादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालीकराम जमकट्टेल निर्वाचित भएका छन् ।
जमकट्टेल २३ हजार ३ सय ७९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत पाए ।