ओखलढुंगा ‘क’ मा एमालेका अम्बिरबाबु विजयी


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, २०७४-  ओखलढुंगाको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार अम्बिरबाबु गुरुङ विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी काँग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मतले उछिन्दै उनी विजयी भएका हुन् । गुरुङले १८ हजार ८ सय ८ मत प्राप्त गरे । दाहालले भने ११ हजार ९ सय ६ मत ल्याए ।

सिद्धिचरण नगरपालिकाको रुम्जाटार स्थायी ठेगाना भएका गुरुङ ०४८ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिई सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । २०५३ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भएका थिए । ०५६ मा तत्कालीन निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेका थिए । हाल उनी नेकपा एमालेको सचिवालय सदस्य, आर्थिक विभाग प्रमुख थिए ।  एमाले महासचिव इश्वर पोख्रेल निकट मानिने उनले अघिल्ला निर्वाचनको तुलनामा फराकिलो मतान्तरले प्रतिद्वन्द्धीलाई हराउने पहिलो एमाले उम्मेदवार समेत हुन् । प्रदेश क तर्फ १ हजार १ सय २२ बदर भएको थियो । ३२ हजार ५ सय ८१ मत खसेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com