कास्कीका ९ वटै क्षेत्रमा वामको अग्रता


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, पोखरा । कास्कीका ९ वटै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । साँझसम्ममा कास्कीका प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा गरी सबै ९ वटै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको हो ।

कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका खगराज अधिकारीले १ हजार ४ सय ३२ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका यज्ञबहादुर थापाले ७ सय १७ मत ल्याएर पछ्याइरहेका छन् । यस क्षेत्रमा पूर्व स्वास्थ्यमन्त्री अधिकारी र बहालवाला कानूनमन्त्री यज्ञबहादुर थापाबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका रविन्द्र अधिकारीले ६ हजार ७ सय ५९ मत प्राप्त गरेर अग्रता लिएका छन् । उनलाई कांग्रेसका देवराज चालिसेले ४ हजार ७ सय ५ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका युवा नेता अधिकारी विकास समितिका निवर्तमान अध्यक्ष हुन् भने कांग्रेसका चालिसे प्राध्यापक हुन् ।

कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा ४ हजार ३ सय ४४ मत गणना सकिँदा एमालेका जगत विश्वकर्माले २ हजार ३ सय ६५ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका शुक्रराज शर्माले १ हजार ७ सय १६ मत ल्याएर पछ्याइरहेका छन् । विश्वकर्मा एमालेका पोलिट्ब्यूरो सदस्य हुन् भने कांग्रेसका शर्मा पूर्वआमन्त्रित केन्द्रीय सदस्य हुन् ।

प्रदेश सभामा पनि वामकै अग्रता

प्रदेशसभा तर्फ कास्की १ (क) मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दीपक प्रसाद कोइराला ‘रुपक’ले १ हजार ८ सय ११ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका जीवन परियारले १ हजार ६ सय मत ल्याएर पछ्याइरहेका छन् ।

कास्की १ (ख) मा वाम गठबन्धनबाट एमालेका मनबहादुर गुरुङले २ हजार ४ सय ७५ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस कास्कीका सभापतिसमेत रहेका कृष्ण केसीले १ हजार ९ सय ७३ मत ल्याएर पछ्याइरहेका छन् ।

कास्की क्षेत्रनम्बर २ (क) मा वाम गठबन्धनबाट एमाले कास्कीका अध्यक्षसमेत रहेका कृष्ण थापाले १ हजार ३ सय २१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका गुरुप्रसाद बरालले ७ सय १९ मत ल्याएर पछ्याइरहेका छन् ।

कास्की क्षेत्रनम्बर २ (ख) मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङ ‘करण’ले १ हजार १ सय ७७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेसका बिन्दुकुमार थापाले ८ सय ७४ मत ल्याएर पछ्याइरहेका छन् ।

कास्की क्षेत्रनम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले १ हजार ८ सय ११ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका शारदा पौडेलले १ हजार २ सय ८२ मत ल्याएर पछ्याइरहेका छन् ।

कास्की क्षेत्रनम्बर ३ (ख) मा बाम गठबन्धनबाट एमालेका युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले १ हजार २ सय ४६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका सिकन्दरकुमार गुरुङ ‘भोज’ले ९ सय १२ मत ल्याएर पछ्याइरहेका छन् ।

कास्कीको प्रत्यक्षतर्फको सबै नतिजा शुक्रबार राति अबेरसम्ममा आइसक्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com