मोरङको ६ वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता (यस्तो छ अपडेट)


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, बिराटनगर । मोरङको ६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मत परिणाममा बाम गठबन्धनले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडाले ३ हजार २८४ मत प्राप्त गरेका छन् । कांग्रेसका डिकबहादुर लिम्बुले ३ हजार ७७ मत पाएका छन् ।

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले ४ हजार ५१० मत पाएका छन् । यहाँ कांग्रेसका डा. मिनेन्द्र रिजालले ४ हजार ४५० मत पाएका छन् ।
मोरङ ३ मा एमालेका भानुभक्त्त ढकालले ९ हजार ८७९ मत पाएका छन् । यहाँ कांंग्रेसका सुनिल शर्माले ९ हजार २०९ मत प्राप्त गरेका छन् ।

मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले ३ हजार ९ सय ९९ मत पाएका छन् । यहाँ कांग्रेसका महेश आर्चायले २ हजार ५सय ८९ मत प्राप्त गरेका छन् ।

मोरङ ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले १ हजार ५२० र कांग्रेसका अमृत अर्यालले १ हजार ३६५ मत प्राप्त गरेका छन् । यहाँ संघीय समाजवादीका राजकुमार यादवले १ हजार ३५ मत पाएका छन् ।

मोरङ ६ मा एमालेका लालबाबु पण्डितले ७हजार ७४८मत पाएका छन् । यहाँ कांग्रेसका डा. शेखर कोइरालाले ६ हजार ६४६ मत पाएका छन् ।

ONLINEKHABAR

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com