बाबुरामको रोचक अग्रता


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, २०७४-चर्चित क्षेत्र नम्बर २ को मतगणनामा नयाँ शक्तिका संयोजक बावुराम भट्टराईले रोचक अग्रता लिएका छन् ।

सुरुमा कहिले प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठ र केहिले भट्टराईबीच कडा टक्कर भएपनि पछिल्लो गणनामा उनले १५९० मतको अग्रता लिएका हुन् । भट्टराईको गढ रहेको उनको मतदान केन्द्र खोप्लाङ र श्रेष्ठ गढ मानिएको जौवारी केन्द्रको मतगणना पनि सकिएको छ ।

२२ हजार ५ सय ६८ मत गणना गर्दा भट्टराईले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने श्रेष्ठले ९ हजार ७ सय ४९ मत पाएका छन् । कडा सुरक्षा घेरा भित्र मतगणना चलिरहेको छ । मतगणना स्थल बाहिर दुवै नेताको शुभेच्छुक र कार्यकर्ताको बाक्लो भिड लागेको छ । मतपरिणामबाट उत्साही भट्टराई राजधानीबाट गोरखा आउने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

श्रेष्ठ र भट्टराईले कसले जित्ने भनेर मतदाता र स्थानीयबीच नगद, राँगो र खसी बोका समेत बाजी परेको छ । ६० हजार १ सय ९ मत खसेकोमा करिब एक तिहाई मत गणना सकिएको छ । शुक्रबार साँझसम्म आधा मत गणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ मा वाम गठबन्धनका हरिराज अधिकारीले ६३५८ मत र कांग्रेस उमेद्वार चीनकाजी श्रेष्ठले ५४०६ मत पाएका छन् । क्षेत्र नम्बर १ को प्रदेश क र ख मा वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ । दुईमा लोकतान्त्रिक गठबन्धन कांग्रेस नयाँ शक्तिका उम्मेदवारको अग्रता छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com