मकवानपुरमा ट्रिपर दुर्घटना, दुई म्यादी प्रहरीसहित ३ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर, २२ काठमाडौं । मकवानपुरको भीमफेदी(२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् ।
ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्यादी प्रहरीको मृत्यु भएको हो ।
घटनामा घाइतेका भएका अर्को एक जनालाई हेटौंडा अस्पताल ल्याइएको छ