‘लडाकु भ्रष्टाचार’ प्रकरण : प्रचण्डदेखि रामचन्द्रसम्म तानिँदै


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासी भदौ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

स्रोतका अनुसार सोही क्रममा अख्तियारले प्रारम्भिक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनु भन्दै पत्र लेख्ने तयारी गरेको हो । अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले केही दिनमै पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘अनुसन्धान अघि बढेकाले केही दिनमा पत्र जान्छ,’ रिजालले भने ‘को को संलग्न भन्ने अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गर्न मिल्दैन ।’ अनुसन्धानबाट धेरै नेता र व्यक्ति तानिन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका जिम्मेवार रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, शान्ति कोषको तत्कालिन जिम्मेवार कर्मचारीको नाममा पत्र लेख्ने तयारी गरेको नागरिकमा खबर छ ।

सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्छन् । अख्तियारले प्रारम्भिक चरणमा माओवादीका २१, नेताका नाममा पत्र पठाउने तयारी अन्तिम अवस्थामा पुर्‍याएको छ । प्रधानमन्त्री दाहाल, उपराष्ट्रपति नन्दबहादर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्धन शर्मा, पूर्वअर्थमन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणि खनाल, तत्कालिन जनमुक्ति शेनाका ब्रिगेड कमान्डरदेखि ब्रिगेडियरसम्मलाई पत्र पठाउने तयारी अख्तियारको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com