मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनको जित


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, मुस्ताङ, प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ निर्वाचन क्षेत्र रहेको मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनले जित हाँसिल गरेका छन् । पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा २०७० सालको दोस्रो संबवधानसभा निर्वाचनमा भोगेको पराजयको बदला लिदै हिमालपारी मुस्ताङमा बामगठबन्धनका साझा उम्मेदवार प्रेमप्रसाद तुलाचन बिजयी भएका छन् । मतगणनामा तुलाचनले आफ्ना निकटतम प्रतिद्धन्दी पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीलाई ३ सय ६३ मतअन्तरले पछाडि पार्दे बिजय भएका हुँन् ।मुस्ताङ प्रतिनिधिसभामा बामगठबन्धनका उम्मेदवार प्रेम प्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत प्राप्त गरेका थिए भने काग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाएका थिए ।

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा तुलाचन काग्रेसका रोमी गौचन थकालीसँग २२ भोटको झिनो मतअन्तरले पराजित भएका थिए ।
उपल्लो मुस्ताङ प्रदेश ‘क’मा बामगठबन्धनका उम्मेदवार ईन्द्रधारा बिष्ट १ हजार १ सय६७ मतले बिजयी भएका छन् । उहाँका निकटम् प्रतिद्धन्दी मिङ्क्यूर गुरुङले ६ सय ५७ मत प्राप्त गरे । यहाँ बामगठबन्धनले ५ सय १० मतको भारी मतअन्तरले बिजय भएको हो । त्यस्तै तल्लो मुस्ताङको प्रदेश ‘ख’मा बामगठबन्धनका उम्मेदवार महेन्द्र बहादुर थकालीले २ हजार ५ सय ८४ मतले बिजयी भएका छन् । उहाँका प्रतिद्धन्दी काग्रेसका छिरिङधावा गुरुङले २ हजार २ सय ५९ मत प्राप्त गरे । यहाँ बामगठबन्धनका उम्मेदवारले ३ सय २५ मतअन्तरले विजयी भएका हुन् ।

प्रतिनिधि र प्रदेशसभातर्फ मतपरिणाम सार्वजनिक गर्नेमा मुस्ताङ पहिलो भएको छ । यो सँगै मुस्ताङमा काँग्रेसको आधार ईलाका तोड्दै बामगठबन्धनले लालकिल्ला बनाएको छ ।जीतपछि बिजयी उम्मेदवारहरुले देश र जनताको लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।जिल्ला मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीले निर्वाचनका संम्पूर्ण कार्यक्रममा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने जिल्ला स्थित ३ वटै सुरक्षा निकाय,निजामती कर्मचारी,राजनीतिक दल र पत्रकारलाई धन्यवाद दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com