सिन्धुलीमा दुई ठाउँको मतपेटिका संकलन गर्न अझै बाँकी
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, सिन्धुली, सिन्धुलीको दुई गाउँपालिकाका बाहेक सबै स्थानको मतपेटिका सदरमुकाम सिन्धुलीमाडी ल्याइएको छ ।
सिन्धुलीको १३७ मतदान स्थलमध्ये ११९ स्थानको मतपेटिका बिहीबार राति अबरेसम्म संकलन गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
बाँकी रहेका हरिहरपुरगढी र मरिण गाउँपालिकाको मतपेटिका सुरक्षाका कारण राति ल्याउन नसकिएको दाहालले बताउए। यी ठाउँको मतपेटिका शुक्रबार बिहान १० बजेसम्म ल्याइसक्ने त्यसपछि सर्वदलिय बैठक राखेर मतगणना सुरु गरिने उनले बताए ।