‘मजदुर नेता’ ले जलाए मजदुरकै सपना


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए । झिसमिसे बिहानबाट मात्र बन्द लागू होला भनेर उनी कोटेश्वरमा यात्रु कुरेर बसेका थिए ।

‘बन्दकर्ताले गोंगबुमा ट्याक्सी जलायो रे कोठामा फर्किहाल,’ बिहान साढे ३ बजेतिर काकाको फोन आयो । लगत्तै बानेश्वरको कोठा आउन उनले ट्याक्सी स्टार्ट गरे । मीनभवन उकालोमा आइपुगेलगत्तै दुई जनाले ट्याक्सी रोकेर एकजना अगाडिको सिटमा बसिहाले । अर्को पछाडि उभिएका थिए । अगाडि बसेकाले एयरपोर्ट जाउँ भन्दा खत्रीले मानेनन् । एकैछिनमा ट्याक्सीको पछाडि आगो सल्कियो ।

एक महिनाअगाडि मात्रै ९ लाख खर्चिएर लिएको ट्याक्सी हवारहवार्ती बल्ल थालेपछि उनी आगो निभाउनतिर लागे । त्यही मौका छोपेर दुवै जना भागे । दैनिक ३ हजारसम्म आम्दानी दिने ट्याक्सी हेर्दाहेर्दै स्वाहा भयो । ऋण जस्ताको तस्तै छ ।

‘अगाडि बसेको व्यक्तिले २ सय ५० दिन्छु जाउँ भन्दै थिए,’ मलिन स्वरमा खत्रीले सोमबार बिहानको घटना सुनाए, ‘जान्न भन्दाभन्दै पछाडि उभिएको व्यक्तिले सलाई कोरेर ट्याक्सीमा फालेर भाग्यो ।’

केही छिनपछि आएको दमकलले ट्याक्सीमा लागेको आगो त निभायो । तर त्यतिन्जेलसम्म ट्याक्सीका केही भागमात्रै बाँकी थिए ।

बाँकी समाचार इकान्तिपुरमा पढ्नुहोस्…..

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com