मनाङको प्रदेशसभा ‘ख’ मा दीपक मनाङेको जित


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे ।

मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिए मनाङेलाई समर्थन जनाएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com