बागलुङमा मतगणना सुरु नहुँदै विवाद
प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१ बागलुङ । नेपाली कांग्रेसले तीन ठाउँमा बाम गठबन्धनले बुथ कब्जा गरेको भन्दै उजुरी गरेको र निर्वाचन आयोगले निर्णय दिनुपर्ने माग राखेको कारण बागलुङमा अहिलेसम्म मतगणना शुरु हुन सकेको छैन ।
आयोगले निर्णय दिन ढिला गरेका कारण मतगणना सुरु हुन नसकेको हो । अहिले सहमतिका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक जारी छ ।