कखरा सिकेको स्कूलबाट मतदान गर्दै प्रधानमन्त्री देउवा


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१, डडेल्धुरा, प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

देउवाले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए । २००३ सालमा जन्मिएका देउवाले कक्षा ३ सम्मको प्रारम्भिक शिक्षा तत्कालीन असिग्राम प्राविबाट लिएका थिए । कक्षा ८ सम्म डडेल्धुरा सदरमुकामको महेन्द्र माविमा पढेका देउवाले कक्षा ९ र १० सम्मको पढाइ डोटीको जिजोडामाडौं उचाकोटमा रहेको सिताराम माविमा पूरा गरेका थिए । २०१९ सालमा एसएलसी पास गरेपछि देउवा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए ।

आफ्नो जन्मघर नजिकै रहेको मतदान केन्द्रबाट मतदान गरेका देउवाले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अब देशमा आर्थिक विकास हुने आशा व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com