उपत्यकाका ११ मतदानस्थल अति संवेदनशील, चुनावी सुरक्षामा म्यादीसहित ८ हजार ७ सय प्रहरी


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

मंसिर २०, काठमाडौं– उपत्यकामा ११ वटा मतदान स्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ। ११ वटै मतदान स्थल ललितपुर जिल्लाका छन्।

ललितपुरका दक्षिणी भेगमा पर्ने दुर्गम गाउँमा पर्ने मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। धेरै मतदाता भएका र दुर्गममा रहेका मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताए।

अति संवेदनशील मतदान स्थलमा केहीमा इन्सपेक्टर तथा केहीमा सईको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । झडप हुने सम्भावना रहेका स्थानलाई पनि अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाको दृष्टिले ललितपुरका ५७ मतदान स्थललाई संवेदनशील र बाँकी ६३ स्थललाई सामान्य सूचीमा राखिएको छ।

काठमाडौं र भक्तपुरका एउटा पनि मतदानस्थल अति संवेदनशील सूचीमा छैनन्। काठमाडौंका तीन सय २० मतदान स्थलममध्ये एक सय ७१ सामान्य र बाँकी एक सय ४९ संवेदनशील छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौंमा दुई हजार तीन सय ३३ प्रहरी र दुई हजार सात सय ७६ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन्। त्यस्तै, भक्तपुरमा ७८ मतदान स्थलमध्ये ३४ लाई संवेदनशील र बाँकीलाई सामान्यमा राखिएको छ।

बिहीबार हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अघिल्लो दिनदेखि नै सुरक्षा जाँच बढाएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए। सबै मतदान स्थलमा मंगलबारदेखि कमाण्डरहरुलाई खटाइसकिएको छ। मतदान स्थलको सुरक्षामा विशेष ध्यान दिन प्रहरीलाई महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ ।

उपत्यकामा करिब चार हजार प्रहरी र चार हजार ६ सय ७० म्यादी प्रहरी निर्वाचनमा खटिने महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले बताए । उपत्यकामा निर्वाचन विरोधी गतिविधिलाई नै मुख्य सुरक्षा चुनौती आकलन गरिएको छ । मतदातालाई त्रस्त गर्न मतदान केन्द्र आसपास विस्फोटक पदार्थ राखिन सक्ने भएकाले विशेष निगरानी गर्न महानगरीय प्रहरी कार्यालयले मातहतलाई निर्देशन दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com