मतदान केन्द्रमा चहलपहल
प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको चुनावको अघिल्लो दिन मतदान केन्द्रमा धमाधम चुनावी तयारी भइरहेको छ।
-
दोस्रो चरणको चुनावका लागि ४५ वटा जिल्लामा बुधवारसम्म मतदाता परिचयपत्र वितरण भइरहेका छन्।
-
मतदान केन्द्रमा भोट खसाल्ने स्थानहरु बनाउन मतदान अधिकृत सहितका निर्वाचन अधिकारीहरु खटिएका छन्।
-
दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुने ठाउँमा १ करोड २२ लाख मतदाता छन्।
-
संवेदनशील क्षेत्रमा सुरक्षा सम्बन्धी जिम्मेवारी नेपाली सेनाले लिएको छ।
-
मतदान केन्द्रलाई प्रहरीले पहरा दिइरहेका छन्।
-
मौन अवधिमा पनि मतदाता शिक्षा कार्यक्रमहरु चलाइएका निर्वाचन सम्बद्ध कर्मचारीहरुले बताएका छन्।
-
काठमाण्डू बाहिर मतदाता नामावली भएका मानिसहरु यो साताको शुरुदेखि नै धमाधम आफ्ना निर्वाचन क्षेत्रतर्फ गइरहेका छन्।
-
मतदान केन्द्रहरुबाट सबै मत बाकसहरुलाई जिल्ला सदरमुकाम ल्याउने र त्यसपछि मतगणना गर्ने कार्यक्रम छ।
-
BBC