बुधबार राति १२ बजेदेखि सवारीसाधन नचल्ने


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

मंसिर २०, काठमाडौं । बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना जारी गरेको छ । निर्वाचनको दिनमा सुरक्षालाई ध्यानमा राखी बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

गृह मन्त्रालयले सूचना जारी गरी मतदानका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार नै गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ । मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन भने चलाउन पाइनेछ ।

यस्तै, अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानीलगायत सवारीसाधन पनि चल्न पाउनेछन् । मतदान सकिएपछि साँझ ७ बजेबाट भने सबै सवारीसाधन चलाउन पाइने जानकारी गृह मन्त्रालयले दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com