पर्वतमा एक महिलामाथि लुटपाट


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर १९ पर्वत, पर्वतको जलजला गाउँपालिका– ४ लामाखेतमा अज्ञात समूहद्वारा एक महिलामाथि लुटपाट भएको छ। प्रहरी चौकी पर्वत बारी बेनीका प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलका अनुसार पर्वतको जलजलाबाट घरायसी सामग्री खरिदका लागि म्याग्दी सदरमुकाम बेनीतर्फ जाँदै गर्दा पर्वतकै जलजला गाउँपालिका– ४ स्थित लामाखेतको एक लाख रुपैयाँ नगद र नाक तथा घाँटीमा लगाएको आधा तोला सुनसहित जलजलाकी स्थानीय ईन्द्रकुमारी सेन ठकुरी लुटपाटमा परेकी हुन्।
अनुहारमा नकाब लगाएका तीन जनाको अज्ञात समूहद्वारा ढुंगा प्रहार गरेर बेहोस बनाई उनी लुटिएकी हुन्। दिउँसो ३ बजेको समयमा उनी लुटिएको र उनको बेहोस अवस्थामा नै जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए। घटना भएको स्थानमा प्रहरी परिचालन गरी लुटेराको खोजी भइरहेको प्रहरीले बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com