दुई गाउँपालिका विप्लवको कब्जामा


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर १९, डोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्लाका दुई गाउँपालिका कब्जामा लिएका छन् । डोल्पाका दुई जगदुल्ला र मुड्केचुला गाउँपालिका कब्जामा लिदैं विप्लवका कार्यकर्ताले साइनोर्ड हटाएर आफ्नो पार्टीको बोर्ड राखेका हुन् । पार्टीको झण्डा र साइनबोर्ड राखेर कब्जा गरेको हो ।
स्थानीयले गाउँपालिकाका साइनबोर्ड र झण्डा हटाइएको जानकारी दिएका छन् । तर डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले भने गाउँपालिका कब्जा नभएको दाबी गरे ।
विप्लवका कार्यकर्ताले राखेको बोर्डमा गाउँपालिका स्तरीय जनसत्ताको कार्यालय जगदुल्ला गा.पा डोल्पा, जिल्ला जनसरकार समिति नेकपा डोल्पा लेखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com