अमेरिका पुगे ९० हजार भुटानी शरणार्थी


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको सङ्ख्या ९० हजार पुगेको छ । नेपालका लागि अमेरिकाको दूतावासमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा पुनर्वास हुन गइरहेकी नब्बे हजारौँ नम्बरमा पर्नुभएकी भुटानी शरणार्थी सरिमाया ठटाललाई आज बिदाई गर्नुभयो ।

अमेरिकाको न्यू ह्याम्पसियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्न लागेको नेपालका लागि अमेरिकाको दूतावासले जनाएको छ । राजदूत टेप्लिज्ले नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक भुटानी शरणार्थीलाई आतिथ्य सत्कार प्रदान गर्दै आएको बताउँदै शरणार्थीको तेस्रो मुलुक पुनर्वास हालैका वर्षमा अत्याधिक सफल शरणार्थी व्यवस्थापन विधि बनेको बताउनुभयो ।

स्वदेश फर्कन चाहने शरणार्थीलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भएपनि नेपालमै बाँकी रहने शरणार्थीका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

नेपालमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले संयुक्त राज्य अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्याण्ड, नर्वे र बेलायतका सरकारसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com