ट्रम्पका श्रृंखलाबद्ध ट्वीटप्रति ‘चिन्ता’


प्रकाशित मिति : मंसिर १८, २०७४ सोमबार

अमेरिकी कंग्रेसका सदस्यहरुले संघीय अनुसन्धान निकाय एफबीआइ, त्यसका पूर्व निर्देशक र गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपसँग सम्बन्धित राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका श्रृंखलाबद्ध ट्वीटप्रति चिन्ता व्यक्त गरेका छन्।

केही डेमोक्रेट्सले न्यायिक प्रक्रियामा राष्ट्रपतिले अवरोध पुर्‍याउने विषयमा शंका बढ्दै गएको बताएका छन् भने एकजना रिपब्लिकन सिनेटरले ट्रम्पलाई आफ्ना ट्वीटबारे सावधानी अपनाउन सुझाव दिएका छन्।

ट्रम्पका एकजना निजी वकिलले एउटा ट्वीटको जिम्मेवारी लिएका छन्।

उक्त ट्वीटमा राष्ट्रपतिका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले मस्कोसँग उनको सम्पर्कबारे एफबीआइसँग झुटो बोलेको कुरा ट्रम्पलाई पहिल्यैदेखि जानकारी भएको उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वीकार

शनिवार उक्त ट्वीट लेख्ने क्रममा गल्ती भएको ट्रम्पका ती निजी वकिलले स्वीकार गरेका छन्।

आफूले एफबीआइका पूर्व निर्देशक जेम्स कोमीलाई फ्लिनमाथिको अनुसन्धान रोक्न भनेको भन्ने आरोपप्रति ट्रम्प फेरि खनिएका छन्।

एउटा ट्वीटमा ट्रम्पले एफबीआइको प्रतिष्ठा ‘धुजाधुजा’ भएको लेखेका छन्।

अमेरिकी निर्वाचनमा रुसको आरोपित हस्तक्षेपसम्बन्धी विशेष काउन्सेल रोबर्ट मुलरको अनुसन्धानमा भइरहेको विकासक्रमका बीच ट्रम्पले ट्वीटमार्फत पछिल्लो आक्रमण गरेका हुन्।

साठगाँठ

आफूलाई निर्वाचित गराउनका निम्ति आफ्नो चुनावी अभियान समूहले रुससँग साठगाँठ गरेको भन्ने आरोप ट्रम्पले अस्वीकार गर्दै आएका छन्।

एफबीआइका एकजना कर्मचारीले टेक्स्ट सन्देशमार्फत ट्रम्पविरोधी अभिव्यक्ति दिएको भन्दै गर्मीयाममा एफबीआइका पूर्व निर्देशक मुलरले अनुसन्धानबाट ती कर्मचारीलाई हटाएको भन्ने विवरणहरु यसै सप्ताहन्तमा सार्वजनिक भएका थिए।

ती कर्मचारीले त्यस्तो अभिव्यक्ति दिएको थाहा भए लगत्तै उनलाई निलम्बन गरिएको मुलरका एकजना प्रवक्ताले बताएका छन्।

रुसी राजदूतसँगको आफ्नो भेटघाटको प्रकृतिबारे उपराष्ट्रपति माइक पेन्ससमक्ष गलत ढंगले प्रस्तुत गरेको भन्दै राष्ट्रपति ट्रम्पले गत फेब्रुअरीमा पूर्व सुरक्षा सल्लाहकार फ्लिनलाई पदबाट बर्खास्त गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com