बांदरमुढे घटना पीडितद्वारा प्रचण्डलाई माडीमा स्वागत
प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

चितवन १७ मंसिर । चितवनको बांदरमुडेका बांदरमुढे बस विस्फोटकाण्डका पिडितहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज स्वागत गरेका छन् । चितवन क्षेत्र नं. का उमेदबार बनेको प्रचण्डलाई आज बांदरमुढे पिडितहरुले सार्वजिनक रुपमा नै स्वागत गरेका हुन् ।
प्रचण्ड आज माडीमा हुन गइरहेको चुनावी सभामा जाने क्रममा पिडितहरुसंग भेटघाट र अन्तरक्रिया गरेका हुन् । युद्धका बेला बांदरमुडेमा बसमा सवार ३९ जना सर्वसाधारण माओवादी कार्यकर्ताले सेनालाई लक्षित गरी विच्छाएको विस्फोटमा परी मारिएका थिए । त्यस घटना लगत्तै प्रचण्डले सार्वजनिक रुपमा माफी समेत मागेका थिए । त्यस यताका १२ वर्ष विभिन्न हिसाबले बल्झिरहेको बांदरमुढे घटना प्रचण्ड त्यहीं चुनाव लड्न गएपछि समाधान भएर मेलमिलापमा परिणत भएको छ ।