बांदरमुढे घटना पीडितद्वारा प्रचण्डलाई माडीमा स्वागत,३ बुंदे सहमति


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

चितवन १७ मंसिर । चितवनको बांदरमुडेका बांदरमुढे बस विस्फोटकाण्डका पिडितहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज स्वागत गरेका छन् । चितवन क्षेत्र नं. का उमेदबार बनेको प्रचण्डलाई आज बांदरमुढे पिडितहरुले सार्वजिनक रुपमा नै स्वागत गरेका हुन् ।

प्रचण्ड आज माडीमा हुन गइरहेको चुनावी सभामा जाने क्रममा पिडितहरुसंग भेटघाट र अन्तरक्रिया गरेका हुन् । युद्धका बेला बांदरमुडेमा बसमा सवार ३९ जना सर्वसाधारण माओवादी कार्यकर्ताले सेनालाई लक्षित गरी विच्छाएको विस्फोटमा परी मारिएका थिए । त्यस घटना लगत्तै प्रचण्डले सार्वजनिक रुपमा माफी समेत मागेका थिए । त्यस यताका १२ वर्ष विभिन्न हिसाबले बल्झिरहेको बांदरमुढे घटना प्रचण्ड त्यहीं चुनाव लड्न गएपछि समाधान भएर मेलमिलापमा परिणत भएको छ ।

संतपुर, चितवन । चितवनको बादरमुढे घटनाका पीड़ितहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका छन ।
माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।
अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीड़ितहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीड़ितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेस र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र संभव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने ।
पीड़ितहरूसँग छलफलपछि नेकपा माओवादी केन्द्र र पीड़ितहरूबीच ३ बूँदे सहमती समेत भएको छ ।
माडी नगरपालिका प्रमुखको कार्यकक्षमा भएको सहमती पत्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड र पीड़ितहरूका तर्फबाट २९ जनाले हस्ताक्षर गरेका छन ।
सहमतीमा पीड़ितहरूलाई रोज़गारीको व्यवस्था, छोराछोरीलाई शिक्षा र काम गर्न नसक्नेहरूलाई जीवनबृतीको व्यवस्थाका लागि पहल गर्न माओवादी केन्द्रले ज़िम्मेवारी लिने उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com