अमेरिकी सिनेटरबाट व्यापक कर कटौतीसम्बन्धी विधेयक अनुमोदन


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

काठमाडौं, १७ मंसिर । अमेरिकी सिनेटरहरुले व्यापक कर कटौतीसम्बन्धी विधेयक अनुमोदन गरेका छन् ।

राष्ट्रपति बनेयता डोनाल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित हो । कम्पनीहरु तथा केही व्यक्तिमाथि लाग्दै आएको कर कटौती गर्ने परिकल्पना विधेयकले गरेको छ । पछिल्लो कदमलाई सन १९८० को दशकयताकै सबैभन्दा ठूलो करसम्बन्धी फेरबदल भनिएको छ । यो विधेयकको पक्षमा ५१ र विपक्षमा ४९ मत परेको थियो । विपक्षि पार्टीहरुले भने यो विधेयकले ठूला व्यवसायलाई मात्रै फाइदा पुग्ने बताएका छन् । विधेयक अनुमोदन भएपछि राष्ट्रपति ट्रम्पले रिपब्लिकनहरुलाई धन्यवाद दिंदै काम गरेर जीवनयापन गर्ने परिवारका लागि व्यापक कर कटौती गर्ने दिशामा एक कदम नजिक पुगेको टिप्पणी गरेका छन् । अब सिनेटले पछिल्लो कानूनलाई तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना पारित गरेको कानूनसंग एकीकृत गर्नुपर्नेछ । त्यसपछि त्यसमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन । नयाँ ऐन अनुसार कम्पनीहरुसंग सम्बन्धित कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झारिएको बीबीसीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com