नागरिक रक्षका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

देशमा विगतका कैयौँ समयदेखि यस्तो झडप बढ्दै आएको र त्यसमा परी निर्दाेष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोे अवस्था रहेकोतर्फ उहाँले सम्बद्ध सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

अरब क्षेत्रको यो गरिब देश जहाँ गएका केही बर्षहरुदेखि हिंसा जारी रहेको छ । जसका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।

हालै मात्र पनि कम्तीमा गएको २४ घन्टायता यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो– स्माली ओल्ड चेख अहमदले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी जनानुभएको छ ।

सानामा पछिल्लो समययता यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन् ।

युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेनाले समेत अन्तर्राष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनहरुको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको पनि उहाँले सो विज्ञिप्तमा उल्लेख गर्नुभएको छ ।

साथै उहाँले युद्धरत सबै पक्षलाई शान्तिपूर्ण वार्तामा आएर यसैका माध्यमबाट सबै समस्या समाधानको पहल गर्न पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

गएको मङ्गलबार र बुधबार भएका विभिन्न स्थानका भिडन्तहरुमा परी राजधानी सानामा दर्जनौँ नागरिकको ज्यान गएको बताइएको छ ।

सोही कारण राष्ट्रसंघीय विशेष दूत स्मालीले विज्ञप्तिमार्फत सो अग्रह गर्नुभएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com