शीतकालमा बेइजिङको वायु प्रदुषणमा उल्लेखनीय कमी


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

बेइजिङमा वायु प्रदुषणमा यस बर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको र चिनियाँ राजधानीले यस बर्षको वायु प्रदुषण नियन्त्रण लक्ष्यलाई हाँसिल गर्न सफल हुने देखिएको चिनको वातावरण मन्त्रालयले जनाएको छ ।

वातावरण संरक्षण मन्त्री ली गान्जियाले हुईझाउमा भएको वातावरणसम्वन्धि एक कार्यक्रमका सहभागीलाई भन्नुभयो, बेइजिङको वायुमा पाइने धुलोको कणको मापन २.५ तहमा आएको बताउनुभयो । यो गत बर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस बर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो ।
बेइजिङमा शीतकालिन महिनामा वायुप्रदुषणको मात्रामा नराम्ररी बढ्ने गर्दछ ।

सरकारले राजधानी लगायतका शहरमा वायुप्रदुषणको समस्या निकै सङ्कटोन्मुख दिशातर्फ जानथाले पछि यसको कारक मानिने कलकारखाना बन्द गर्ने तथा कोइलाको प्रयोगमा नियन्त्रण गर्ने लगायतका उपाय लिएको थियो ।

लीले चीनले वातावरणीय प्रदुषणमा विगत पाँच वर्षको समयमा अभूतपूर्व सफलता मिलेको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com