अमेरिकी रक्षामन्त्री म्याटिस अर्को हप्ता पाकिस्तान आउने


प्रकाशित मिति : मंसिर १६, २०७४ शनिबार

अमेरिकी विदेशमन्त्री जिम म्याटिशसले आगामी हप्ता पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ ।

विदेशमन्त्री म्याटिस इजिप्ट, जोर्डन, पाकिस्तान, र कुबेतको भ्रमणका क्रममा यही डिसेम्बर ४ मा पाकिस्तान पुग्नुहुने पेन्टागनले जनाएको छ । पाकिस्तानमा रहँदा विदेशमन्त्री म्याटिसले आतङ्कवादी समूहविरुद्ध थप सक्रिय बन्न इश्लामावादलाई दवाव दिने अपेक्षा गरिएको छ ।

अमेरिकाद्वारा लगातार मध्यपूर्व, पश्चिम अफ्रिका र दक्षिण एसियामा लामो समयदेखि पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धतालाई नवीकरण गर्नुहुने पेन्टागनले जनाएको छ ।

केही समय पहिले अर्थात् अक्टोबरमा पाकिस्तान म्याटिसले पाकिस्तानमा आश्रयस्थल बनाइबसेका आतङ्कवादी समूह विरुद्ध आवश्यक कदम लिने बताउनुभएको थियो ।

पाकिस्तानमा रहँदा विदेशमन्त्री म्याटिसले प्रधानमन्त्री शाहिद खाकन अब्वासी तथा सैनिक प्रमुख कमार जावेद बाज्वालगाएतका उच्च पदस्थ अधिकारीसँग भेट गर्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com