काठमाडौंका आधा दर्जन विद्यालयमा बम, भेटियो बम राख्नेको पर्चा (तस्विर सहित)


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

 

बिद्यालयलाई लक्षित गरी काठमाडौंमा मंगलवार विहान बम विस्फोट गराइएको छ । काठमाडौं दक्षिण ढोकास्थित आकाशदीप र मनकामना स्कूललाई लक्षित गरी बम विस्फोट गराइएको छ । आकाशदीप र मनकामना स्कुलको मुख्यद्धारमै विस्फोट गराइएको प्रहरीले जनाएको छ । तर मानवीय क्षति भने भएको छैन ।

ललितपुरको रेडियन्ट रिडर्स एकेडेमीको अगाडी प्रेसर कुकर बम फेला परेको ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारीले जानकारी दिए । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्कृय पार्ने प्रयास गरिरहेको छ ।

जोरपाटीमा रहेको  राई स्कूल, माउन्ट युराल, इस्टपोल, लामा पेट्रोल पम्प र स्वयम्भूको एकठाउँमा बम फेला परेको प्रहरीले जानकारी दिए । त्यसैगरी काठमाडौका कपन र बौद्धमा पनि शंकास्पद बस्तु फेला परेको छ । बम बिहान ३ बजेर ४५ मिनेटदेखि ४ बजेको बीचमा विस्फोट गरिएको हो ।  विस्फोटबाट विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती स्थानबाट योङ कम्युनिस्ट फोर्स नेपाल र  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा पनि भेटिएको छ। काठमाडौं प्रहरीले योङ कम्युनिस्ट फोर्स नेपालका दुई जनालाई पक्राउ गरेको छ। बिष्फोटबाट मानवीय क्षती भने भएको छैन् ।

तस्विर श्रोत :  सेतोपाटी, नागरिक र इकान्तिपुर

20092016073229nepal_army_bomb_disposal-600x0

14409252_10209627779678639_453964918_n parchaa timthumb

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com