डडेल्धुरामा जीप दुर्घटना हुँदा पाँच जना घाइते
प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

मंसिर १४ डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिकामा बिहीबार साँझ जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
जिल्ला सदरमुकामबाट भद्रपुरतर्फ जाँदै गरेको म १ ज २१३ नम्बरको उग्रतारा यातायातको जीप अजयमेरु गाउँपालिका ३ चौनालीमा दुर्घटना भएको हो।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक नरेन्द्रसिंह भण्डारीले जानकारी दिए।
घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा लगिएको छ।