एशियाकै अग्लो बञ्जीजम्प अब पर्वतमा


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

मंसिर १४, पर्वतको परिचय अग्ला पुलहरुले बनाउदै गएको बेला अहिले बञ्जीजम्पले अर्को परिचय दिने भएको छ । पर्वतमा अव बञ्जीजम्प एक आर्कषणको केन्द्रविन्दु बन्नेभएको छ । बञ्जीजम्प मंसिरको अन्तिम साताबाट सञ्चालनमा आउने बताइएको छ ।

कालीगण्डकीको मुख्य केन्द्रविन्दुको रुपमा स्थापित हुन लागेको यो बञ्जीजम्प बिश्वको दोस्रो अग्लो र एशियाकै अग्लो बञ्जीजम्प हो । हिस्रङ सिष्टमवाट निर्माण गरिएको बञ्जीजम्प २५० मिटर अग्लो छ । यही मंसिरको अन्तिममा संचालनमा आउन लागेको बञ्जीजम्पले पर्वतमा पर्यटक थुप्रै मात्रमा भित्राउने अनुमान गरिएको छ ।

यो बञ्जीजम्प भोटेकोसी भन्दा ६५ मिटर अग्लो छ । बञ्जी र स्वीमीङका लागि बनाइएको पुलमा दुईटा ठूलाठूला एडभर्सज रहेको ब्यवसायी राजु कार्कीको भनाइ छ । यसमा चारदेखी पाँच सेकण्डसम्मको फ्रीफल हुने अर्का व्यवसायी युवराज जोशीको भनाइ छ । योसंगै बञ्जी खेलमा रम्न र खेल्न आउने पर्यटका लागि बलेवाको पार्कमा रिर्सट निर्माण कार्य समपन्न हुन लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com