Follow @khasokhasmag

वाम गठबन्धनले जिते मात्र ललितपुरको विकास हुन्छ, देश समृद्ध बन्छ : भुसाल (फोटो फिचर)


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

ललितपुर, १४ मंसिर । ललितपुर क्षेत्र नं. ३ का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आर्थिक विकास र समृद्धिका लागि आफ्नो एजेण्डा भएको बताउनुभएको छ ।

ललितपुरको ऐतिहासिक बजार क्षेत्र खोकनामा आज बिहान घरदैलोका क्रममा एबीसी न्यूज टेलिभिजनसित उहाँले आर्थिक विकासले मात्र जनताको जीवन स्तर उकास्ने बताउनुभएको हो ।

वाम गठबन्धन देश र जनताका लागि सधै लागेको स्मरण गर्दै उहाँले अब देश विकासका लागि लाग्ने स्पष्ट गर्नुभयो । उहाँले अगाडि भन्नुभयो– वाम गठबन्धनको जितले नै ललितपुरको विकास हुन्छ, देश समृद्धि बन्छ ।

नेता भुसालसित गरिएको कुराकानी आइतबार बिहान ८ः३० बजे र ११ः३० बजे एबीसी न्यूजमा हेर्न सक्नु हुनेछ ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com