ब्यालेस्टिक मिसाइल पृथ्वीभन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश गर्न सक्ने उत्तर कोरियाको दाबी


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

काठमाडौं, १४ मंसिर । उत्तर कोरियाले परीक्षण गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल पृथ्वीको वायुमण्डल भन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश गर्न सक्ने खालको रहेको दाबी गरेको छ ।

उत्तर कोरियाले दाबी गरे पनि बुधबार सबेरै प्योङयाङबाट परीक्षण गरिएको ब्यालेस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले पुष्टि भने गरेका छैनन् । उत्तर कोरिया अहिले नै त्यस्तो खालको प्रविधि विकास गर्न सफल भएकोमा विशेषज्ञले शंका व्यक्त गरेका हुन् । उत्तर कोरियाले भने पछिल्लो मिसाइल आफूहरुले अहिलेसम्म परीक्षण गरेका मध्ये सबैभन्दा शक्तिशाली रहेको र यसले आफ्नो देशको परमाणु अभियानले तोकिएको लक्ष्य पाएको दाबी गरेको छ । उत्तर कोरियाका नेता किम जोन–उनले बुधबार गरिएको मिसाइल परीक्षण निष्पक्ष रहेको र यो आफ्नो देशका लागि ब्रेकथ्रु पनि भएको बताएका छन् । मिसाइल परीक्षणको अन्तर्राष्ट्रिय समुदायबाट आलोचना भएको छ । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसविषयमा चीनका राष्ट्रपति सी जिनपिङसंग टेलिफोन वार्ता पनि गरेका छन् । ट्रम्पले चीनसंग उत्तर कोरियालाई मनाउन सबै किसिमको प्रयास गर्न आग्रह गरेका छन् । चीन उत्तर कोरियाको ठूलो सहयोगीको रुपमा रहदै आएको छ । यस्तै अमेरिकाले उत्तर कोरिया विरोध पक्षलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह पनि गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com