Follow @khasokhasmag

उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न अमेरिकी आग्रह


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न “सबै मुलुकसँग” आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन्।

अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया “नराम्ररी ध्वस्त” हुने उनले बताइन्।

दुई महिनापछि प्योङयाङले फेरि क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाको पछिल्लो चेतावनी आएको हो।

शंका

उत्तर कोरियाले बुधबार परिक्षण गरेको क्षेप्यास्त्र ४,४७५ किलोमिटर उचाइमा पुगेको बताएको छ।

जुन इन्टरन्याशनल स्पेस स्टेशनकोभन्दा दश गुणा माथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्न सक्ने क्षमताको छ।

उत्तर कोरियाद्वारा ‘बलिस्टिक क्षेप्यास्त्र प्रहार’

उत्तर कोरियाको दावी प्रमाणित भएको छैन र विज्ञहरुले त्यस्तो प्रविधिमा उत्तर कोरियाको दक्षताबारे शंका व्यक्त गरेका छन्।

तर उत्तर कोरियाका नेता किम जङ- अनले क्षेप्यास्त्र परिक्षणलाई “त्रुटिरहित” र “ठूलो उपलब्धि” भनेका थिए।

यो वर्ष भएका कैयौंमध्ये एक यो परिक्षणको अन्तर्राष्ट्रिय समुदायले भर्त्सना गरेको थियो र सुरक्षा परिषदले आपत्‌कालीन बैठक डाकेको थियो।

हेलीले उत्तर कोरियाको कामले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको बताइन्।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com