न्युयोर्कमा गाडी जोताएर ८ जनाको ज्यान लिनेले गरे निर्दोष रहेको दावी


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

अक्टोबर ३१ मा न्युयोर्कको म्यानहटनमा गाडी जोताएर ८ जनाको ज्यान लिएका सेफुलो साइपभले मंगलबार अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको दावी गरेका छन् । उनीमाथि ८ जनाको हत्या गरेको र १२ जनालाई हत्या गर्न खोजेको अभियोग छ । म्यानहटनको संघीय जिल्ला अदालतमा बयान दिने क्रममा उनले आफूमाथिका आरोप अस्वीकार गरेका हुन् ।

उनीले ८ जनाको ज्यान जानेगरी गराएको घटनालाई आतंकबादी गतिविधि भन्दै अदालतमा मुद्दा चलाइएको छ । साइपभले ८ जनाको ज्यान लिइसकेपछि नक्कली बन्दुक देखाउदै अल्लाहु अकबर भनेर चिच्याउदै भाग्न खोजेका थिए । तर प्रहरी अफिसरले गोली हानेर उनलाई नियन्त्रणमा लिएका थिए । अनुसन्धानकर्ताहरुले जोताईको ट्रक नजिकै इस्लामिक स्टेट सम्बन्धित अरबिक नोट समेत फेला पारेका थिए । त्यो बाहेक एफबीआई एजेन्टहरुले उनको फोनबाट इस्लामिक स्टेट सम्बन्धित हजारौं भिडियो र तस्विरहरुका साथमा बम बनाउने तरिकाबारेका भिडियोहरु समेत फेला पारिसकेका छन् ।

घटनापछि आक्रमणकारी साइपभले अस्पतालको कोठामा उपचारका क्रममा इस्लामिक स्टेटको झण्डा टाँग्न भन्दै आफूले गरेको आक्रमणबाट खुशी भएको बताएका थिए । नोभेम्बर १ को अदालती सुनुवाईमा ह्वीलचेयरमा ल्याइएकपनि मंगलबारको सुनुवाई उनी आफै हिडेर आएका थिए । साइपभको वकिलले उनले आफूमाथि लगाएका आरोप अस्वीकार गरेको जानकारी दिएका थिए । तर अदालतमा साइपभले एक शब्दमात्र बोलेका थिए । न्यायाधिसले उज्वेक अनुवादकर्ताको आवाज सुनेको छौ कि छैनौ भनेर प्रश्न गर्दा साइपभले चर्को स्वरमा छु भनेरमात्र बोलेका थिए ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com