फलफूल खेतीका लागि अनुदान शुरु


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

मंसिर १३ काठमाडौं–कृषि विकास मन्त्रालयले फलफूल खेतीको लागि अनुदान कार्यक्रम सुरु गरेको छ । मन्त्रालयले सुरु गरेको अनुदानको कार्यक्रममा सुन्तला, कागती र जुनारको नयाँ गुणस्तरीय नर्सरी सहितको सुन्तला बगैँचा स्थापना गर्ने उदेश्य रहेको जनाइएको छ । त्यसै अनुरुप किसानलाई अनुदान दिने नीति लागू गरेसंगै किसानको अनुदानको लागि निवेदन पनि दिन थालेका छन् ।

मन्त्रालयको बृहत सुन्तला जात ९सुन्तला, कागती र जुनार० अनुसन्धान, विकास र विस्तार स्रोत केन्द्र स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७४ मार्फत अनुदान पाइने जनाएको छ ।

राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमकी प्रमुख शान्ता कार्कीको अनुसार जिल्लाबाट निवदेन आएको खण्डमा तोकिएको मापदण्डअनुसार अनुदान वितरण गरिनेछ । अहिले सम्म गोर्खा र लमजुङ जिल्लाको गरी २ वटा नर्सरी तथा सुन्तला बगैँचाबाट निवेदन आएको उनको भनाइ छ । मापदण्ड अनुसार बर्गैैँचा तथा नर्सरी सञ्चालनमा आएको खण्डमा अनुदान उपलब्ध गराइने उनले बताइन् ।

कार्कीका अनुसार अनुदानको कार्यक्रमका लागि सुन्तला जुनार र कागती बर्गैँचा कम्तीमा ४० रोपनीदेखि विस्तार गरेर १ सय रोपनीसम्म पुर्याउन मिल्ने खालको हुनुपर्दछ । अनुदान सुन्तला उत्पादनमा परेको जिल्लामध्ये हुनुपर्ने र एउटा जिल्लाले १ देखि ३ वटा बर्गैँचा तथा सुन्तला नर्सरीले अनुदान पाउने मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुदान कार्यक्रमले सुन्तला तथा जुनारको पकेट क्षेत्र मानिएको जिल्लामा सुधार गर्न सकिने, पुरानो बोटलाई हटाई नयाँ बिरुवा लगाउदा उत्पादनमा राम्रो हुने विश्वास लिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com