१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु२ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, मृतकमध्ये चार पुरुष र दुई महिला छन् । उनीहरू कसैको पनि सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौं र अन्यलाई भरतपुरतर्फ पठाइएको जानकारी दिए ।
बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
बस सडकबाट एक सय मिटर तल नदीमा पुगेको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ ।
प्रहरीका अनुसार, काठमाडौंंबाट बिहान ५ः४० बजे हिँडेको बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।
बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेकोे बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।