Follow @khasokhasmag

मुख्यसचिव नेतृत्वको टोली अमेरिका प्रस्थान


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा एउटा टोली सोमबार राती त्यसतर्फ प्रस्थान गरको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमण रद्द गरेपनि मुख्यसचिवको नेतृत्वमा टोली जानुलाई कुटनीतिक सुत्रहरुले आश्चर्यजनक रुपमा लिएका पाइएको छ ।

नेपाली टोलीको नेतृत्वका गर्नका लागि यसअघि नै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत न्यूयोर्क पुगिसकेका छन् । महासंघमा भाग लिन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा एउटा जम्बो टोली जाने तयारी भए पनि उनले अन्तिम समयमा आएर भ्रमण रद्द गरेपछि अमेरिका जाने टोलीको कटौती भएपनि केही भने प्रस्थान गरेका छन् ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com