मंसिर १२ चितवन। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै गर्दा चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचन विरोधी गतिविधि र गुन्डागर्दी बढेको भन्दै सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।
निर्वाचन विरोधी गतिविधि र गुन्डागर्दी गर्ने ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनकेन्द्रित सुरक्षा योजना लागू भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र गुन्डागर्दीमा संलग्न १९ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण जिल्लामा सुरक्षाको अवस्था मजबुत रहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।