संसदकै गेटमा वाम गठबन्धनले मिच्यो आचारसंहिता


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

१२ मंसिर, काठमाडौं । राजधानीको बानेश्वरमा व्यवस्थापिका संसद भवन छिर्ने गेटकै अगाडि सडक अबरुद्ध पारेर वाम गठबन्धनले आचार संहिता उल्लंघन गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार अनिल शर्माका कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरको वीच सडकमै मञ्च बनाएर चुनावी सभा आयोजना गरेका छन् । सो सभामा केपी ओली र प्रचण्ड आउने भनिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रमका लागि संसद् भवनको २ नम्बर गेट अगाडि मञ्च बनाइएको छ ।

बाटो छेकिएका कारण नयाँ बानेश्वरबाट पुरानो बानेश्वर र अनामनगर जाने सवारीसाधन चल्न सकेका छैनन् । सवारी नचल्दा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

पुरानो बानेश्वर र अनामनगरतर्फ सवारी जान नसक्दा तीनकुने र माइती घरसम्मै सवारी जाम छ ।

गठबन्धनको कार्यक्रमका लागि बिहानैदेखि सडक अबरुद्ध गरिएको थियो । तर, कार्यक्रम भने ढीलो सुरु भएको छ ।

कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भनिए पनि ओलीले लगनखेलमा बोलिरहँदा नयाँ बानेश्वरमा जाम भइसकेको छ । प्रचण्ड भने मध्यान्हसम्म चितवनमै छन् ।

निर्वाचन आचारसंहिता अनुसार यसरी सार्वजनिक यातायात अवरुद्ध हुने गरी सभा गर्न पाइँदैन ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिताको दफा ४ (ण) मा सार्वजनिक आवागमनमा अवरोध हुने गरी सभा समारोह गर्न नपाइने स्पष्ट उल्लेख छ ।

तर, काठमाडौं क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले आफूहरुले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी गरे ।

आफूहरुले प्रशासनको अनुमति लिएर वीच सडकमा मञ्च बनाएको उनले बताए ।

‘काठमाडौं क्षेत्र नम्बर १ मा ठूलो मासलाई म्यानेज गर्ने ठाउँ छैन, त्यसैले संविधानसभाको आँगनमा सभा गरिएको हो,’ शर्माले भने,’ हामीले सवारी अवरुद्ध गरेका छैनौं र आचार संहिता उल्लंघन गरेका छैनौं ।’

Onlinekhabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com