अध्यागमनका कैयन मुद्दामा सहमति नजुटे ११ दिनपछि अमेरिकी सरकार ठप्प


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

अध्यागमनका कैयन मुद्दामा सहमति नजुटे डिसेम्बरको पहिलो साता संसदबाट सरकारी खर्चबारेको विधयेक पारित हुने सम्भावना कम रहेको र पारित नभएमा डिसेम्बर ८ देखि अमेरिकी सरकार ठप्प हुने भएको छ । रिपब्लिकनहरुले डेमोक्र्याट सांसदहरुलाई आफ्नो पक्षमा लिएर विधयेक पारित गर्न नसकेमा सरकार ठप्प हुने सम्भावना रहेको छ । यदि खर्च सम्बन्धि विधयेक पारित नभएमा राजनीतिक दलको संसद र ह्वाइट हाउसमा पकड भएको बेलामा समेत सरकार ठप्प हुने घटना अमेरिकी इतिहासमा नै पहिलो हुनेछ ।

अमेरिकी सिनेटलाई संघीय बजेट पारित गर्न ६० वटा भोटको आवश्यकता पर्छ । तर अमेरिकी सिनेटमा ५२ जनामात्र रिपब्लिकन सांसदहरु रहेका छन् । ८ जना डेमोक्रेटिक सांसदहरुले समर्थन नगरे बजेट पारित हुने सम्भावना रहन्न । त्यसैले बजेटबारे समर्थन जुटाउन रिपब्लिकनहरुले ८ जना डेमोक्रेटिक सांसदहरुको समर्थन जुटाउन प्रयास गरिरहेका छन् ।

डेमोक्रेटिक सांसदहरुले केही अध्यागमनबारेका विषयमा रिपब्लिकनहरुले ग्यारेन्टी नगरेसम्म बजेटबारेको विधयेक पारित गर्ने सम्भावना देखिन्न । डेमोक्रेटिक सांसदहरुले डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल अर्थात् डाका कार्यक्रम लगायतका विषयमा रिपब्लिकन सांसदहरुबाट ग्यारेन्टी खोजिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले मार्च अगाडि नै डाका कार्यक्रमबारे समाधान खोज्न संसदलाई आब्हान गरेको सन्दर्भमा केही डेमोक्रेटिक सांसदहरुले डाकाको समस्या समाधान नगरेसम्म बजेटबारेको विधयेकमा हस्ताक्षर नगर्ने बताएका छन् । खासगरी डेमोक्रेटिक सांसदहरु बर्नी स्याण्डर्स, कोरी बु्रकर र कमला ह्यारिसले डाका कार्यक्रमको अन्त्यको विपक्षमा आवाज उठाउदै आएका छन् । बर्नी स्याण्डर्सले ट्वीट गर्दै भनेका छन् – ‘डाकाको स्थायी समाधान नभएसम्म मैले सरकारी खर्चसम्बन्धि विधयेकमा हस्ताक्षर गर्नेछैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com