डिभी अन्त्य गर्न सदनमा ५ विधयेक (संसदीय रिपोर्ट)


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

डिभी लोटरीबारे प्रकाशित संसदीय रिपोर्टमा अमेरिकाको डिभी लोटरी कार्यक्रम अन्त्य गर्न सदनमा ५ वटा विधयेकहरु पेश गरिएको जनाइएको छ । अध्यागमन नीतिका बिष्लेशक जिल एच विल्सनले डिभी लोटरीबारे रिपोर्ट तयार गरेका हुन् ।

डिभी लोटरी कार्यक्रमको अन्त्य र सुधारका लागि केही कानुनी प्रस्तावहरु सदनमा पेश गरिएको उल्लेख गर्दै रिपोर्टमा सन् २०१३ को जनवरीदेखि सन् २०१५ को जनवरीसम्म चलेको संसदमा समेत त्यस्ता विधयेकहरु पेश भएको जनाइएको छ । त्यतीबेला सिमा सुरक्षा, अध्यागमनमा सुधार र आर्थिक अवशरको विषय समेटेर विधयेक ल्याइएको थियो । जुन विधयेक सिनेटले पारित समेत गरेको थियो । त्यस्तै सन् २०१५ देखि २०१७ सम्म चलेको संसदमा कम्तीमा दुईवटा बिधयेकहरु डिभी लोटरी कार्यक्रम खारेजीका लागि पेश गरिएका थिए ।

सन् २०१७ देखि सुरु भएको ११५ औं जारी संसदमा डिभी लोटरी कार्यक्रम खारेजीका लागि कम्तीमा ५ वटा विधयेकहरु पेश गरिएको रिपोर्टमा जनाइएको छ । डिभी लोटरीबाट दिइने ५० हजार भिसाहरु खारेज गर्दा पहिले नै आवेदन स्वीकृत भएर भिसा कुरिरहेका झण्डै साढे ४ मिलियनलाई छिटो भिसा प्रदान गर्न सकिने विधयेकले तर्क प्रस्तुत गरेका छन् ।

डिभी लोटरीमा भएको जालसाजी र दुरुपयोग रोक्नेबारे सरोकार उठेको पनि रिपोर्टमा जनाइएको छ । डिभी लोटरीबाट मानव तस्करी भएको र नक्कली लोटरी दर्ता भएकोबारे समेत आवाज उठ्दै आएको छ । रिपोर्टमा डिभी लोटरीबारे विस्तृतमा जानकारी समेत दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com