Follow @khasokhasmag

बम विस्फोटको घटनामा संलग्न एक जना पक्राउ


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

मंसिर ११, बारा बम विस्फोटको घटनामा संलग्न एक जनालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका– १६ टांगियाबस्तीमा आइतबार आयोजित चुनावीसभालाई लक्षित गरी भएको बम विस्फोटको घटनामा संलग्न जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीका संतोष भन्ने काशी तिमिल्सनालाई प्रहरीले सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय सिमरामा सोमवार आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले विस्फोटको घटनामा संलग्न रहेकाले उनलाई पक्राउ गरिएको जानकारी दिए।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com