राजकुमार ह्यारीको मार्कलसंग विवाह पक्का
प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार
राजकुमार ह्यारीले नायिका रहेकी उनकी अमेरिकी महिला मित्र मेगन मार्कलसँग विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले घोषणा गरेको छ।
राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्।
राजकुमार ह्यारी र मार्कलले सन् २०१६ को जुलाई महिना देखि प्रेम सम्बन्धमा थिए ।
एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।
प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कल गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका थिए।








