उडानको जीन्दगी

प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

नुनुता राई

kiran 1ललितपुर । ‘यो क्षेत्रमा लाग्न त्याग र आँट दुवै हुनुपर्छ ।’ झापा धुलाबारीमा जन्मिएर हाल सौर्य एयरलाइन्समा विमान परिचारीकाको रुपमा काम गरिरहेकी किरण क्षेत्रीको भनाई हो यो । उनी दुई वर्षदेखि यस क्षेत्रमा कार्यरत छिन् । यो पेशा रोज्न त्याग किन गर्न सक्नुपर्छ  ? भनाईलाई स्पष्ट पार्दै भन्छिन यो पेशा केहि समयको लागि मात्र हो । नेपाल वायुसेवा र बुद्घ एयर बाहेक अरु राष्ट्रिय उडान भर्ने विमानहरुमा विवाह पश्चात परिचारीका भएर काम गर्न पाँइदैन । जसले गर्दा यो पेशामा आउन अगाडी धेरै सोच्नुपर्ने र त्यस पश्चातको योजना समेत बनाएर आउनुपर्ने हुनाले यो क्षेत्रमा त्याग र आँट दुवै गर्न सक्नुपर्ने उनको भनाई छ ।

यो क्षेत्र रमाईलो र खतरनाक दुवै हो । यो पेशा सुरक्षित नभए पनि विमान परिचारीकामा दिनप्रतिदिन किशोरीको आकर्षण बढिरहेको छ । उनले विमान परिचारीकाको क्षेत्र रोज्नुको कारण ग्याल्यामरस फिल्ड भएकोले हो पनि हो भन्छिन् । यो पेशामा लाग्नको लागि आकर्षक जीउडाल, सुन्दर अनुहार हुन जरुरी मानिन्छ । भन्छिन ‘मोडलिङ क्षेत्रमा र विमान परिचारिकामा चाहिने योग्यता र क्षमता उस्तै भएकोले पनि किशोरीहरु यसप्रति आकर्षित हुन्छन् ।’

नयाँ ठाउँ घुम्न र धेरै मान्छेहरुसँग अन्र्तकृया गर्न पाउनु पनि यो पेशाको रमाईलो पक्ष मध्ये हो । भन्छिन् ‘एयरहोस्टेज हुँदा नयाँ ठाउँ घुम्न पाउनुका साथै धेरै मान्छेसँग कुराकानी हुन्छ । यो रमाईलो पक्ष हो ।’ हरेक क्षेत्रमा रमाईलो पक्ष र नरमाईलो पक्ष हुने उनको बुझाई छ । परिवारको आग्रह अहिले पनि अरु क्षेत्रमा लाग्ने भए पनि आफ्नो रुचि यहि क्षेत्रमा भएको कारण अन्य पेशाबारे नसोचेको उनको भनाई छ । आफुलाई मन लागेको क्षेत्रमा मात्र समर्पित भएर काम गर्न सकिने उनको अनुभव छ । उनी भन्छिन् ‘यो क्षेत्रमा मेरो रुचि भए कै कारण मैले मेरो दक्षता देखाउन सकेको छु । ’

विमान परिचारीकाले मुस्कुराएर नम्र बोलीमा यात्रुको स्वागत गर्नुपर्ने हुँदा कसैको दवावमा परेर यो क्षेत्रमा काम गर्न नसकिने उनको भनाई छ । भन्छिन् ‘दवावमा आएर कसरी खुशी हुने ? मिठो बोल्नै सकिन्न नि ।’ उनको भनाई अनुसार विमान परिचारीकामा काम गर्न आउने नै आफ्नै खुशीले हो । परिवारको दवाव वा साथीभाईको करकापमा आएर परिचारीकाको रुपमा काम गर्न नसकिने बताउँछिन् । विमान परिचारीकालाई नेपालमा सम्मानित पेशा मानिनु पनि यसको अर्को आकर्षणको पक्ष भएको उनको भनाई छ । सुरक्षित पेशा नभए पनि यो क्षेत्रलाई पेशाको रुपमा अँगालेर आउनेको संख्यामा कमी नआउनु भनेको सम्मानित पेशा भएको दावी गर्छिन् उनी ।

kira2

परिचारीका हुनु यात्रुको बुझाई जस्तो सजिलो नभएको उनको भनाई छ । उनको अनुसार कतिपय यात्रुलाई विनम्रता पुर्वक गरेको आग्रहलाई वास्ता नगर्ने बताउँछिन् । उनी भन्छिन् ‘कोई त हामीलाई जबरजस्ती चिढाउन खोज्छन् ।, बारम्बार हामीले गरेको आग्रहलाई पत्याउँदैनन् ।’ यस्तो बेलामा उनलाई दिक्क लाग्ने बताउँछिन् । परिचारीकाको काम यात्रुलाई सुरक्षित यात्रा गर्नको लागि सहजीकरण गर्नु हो । यात्रुलाई त्रासबाट मुक्त गर्नु हो । यात्रुलाई डरबाट मुक्त हुनका लागि विमान परिचारीकाको ओँठमा मुस्कान र मिठो बोली हुनुपर्ने तर तीनै यात्रुले रुखो व्यवहार देखाउँदा भने मन खिन्न हुने उनको अनुभव छ ।

हरेक कुराको राम्रो पक्ष नराम्रो पक्ष भए जस्तै यो क्षेत्रमा काम गर्ने परिचारीकाको सवालमा नेपालमा सन्चालित विमानहरुमा यो सुरक्षित रोजगारी नहुनु यसको नकारात्मक पक्ष भएको उनको ठम्याई छ । निजी स्तरमा संचालित विमानहरुमा निश्चित समयवधिपछि रोजगारी पाईदैन । खास गरी परिचारीकालाई यो क्षेत्रले विभेद गरेको उनको भनाई छ । विमानमा कार्यरत परिचारीका विवाह पश्चात काम गर्न नपाउने व्यवस्था रहेको बताईन् । यस्तो हुनुको पछाडी महिला सम्झौता गर्ने भएकोले हो ।

यदि महिलाले सम्झौता नगर्ने हो भने सुधार भइसक्ने उनको दावी छ । उनी भन्छिन् ‘त्यत्रो लगानी यो क्षेत्रमा लगाईएको हुन्छ अनि फेरि सुन्यबाट शुरु गर्दा त समस्या हुन्छ नि ।, अब हामीलाई हाम्रो योेग्यता र क्षमता हेरेर सम्बन्धित एयरलाइन्सले व्यवस्था गर्नुपर्छ ।’ यो नियम परिचारकका हकमा लागु हुँदैन । भन्छिन् ‘परिचारीकालाई मात्र किन ? यसको एउटै मात्र कारण हामी सम्झौता गर्न तयार हुनु हो । ’

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com