भोजपुर, ११ मंसिर । आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट गराइएको छ । उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
विस्फोटबाट केहि क्षती नभएको र थप उच्च सुरक्षा शतर्कताका साथ थप अनुसन्धान गर्दै सुरक्षित साथ मतपेटिका ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए । हालसम्म १ सय बढी मतदान केन्द्रका मेटपेटिका सदरमुकाम ल्याइसकिएको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।