प्रहरीमाथि गोली चलाउने तीन जना पक्राउ
प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

मंसिर ११ सिरहामा प्रहरीमाथि गोली चलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोली प्रहार गरेर फरार भएको ३ जनालार्इ धनुषा प्रहरीले आज पक्राउ गरेको हो ।
सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट एक म्यादीसहित दुई प्रहरी घाइते भएका थिए । पक्राउ पर्नेहरुको परिचय भने खुलाइएको छैन ।