सबै बोलौं, नत्र नलम्बिन सक्छ टीपीएसको अवधि


प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

श्री पराजुली

नेपालमा गतबर्षको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्ने घोषणा गरेपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई धेरै फाइदा भएको छ । खासगरी अमेरिकी अध्यगमन अदालतले देश निकालाको आदेश दिएका, दिने प्रकृयामा रहेका र विना भिसा सिमापार गरेर अमेरिका प्रवेश गरेका नेपालीहरुलाई टीपीएसमार्फत धेरै सजिलो भएको छ । उनीहरुले अमेरिकामा बस्नमात्र होइन, डिपोर्टेशनको डरविना काम गर्ने सुविधा समेत प्राप्त गरेका छन् । त्यो बाहेक अमेरिकामा ओभरस्टे भएर बसेकाहरु र विद्यार्थी लगायतका गैर आप्रवासी भिसामा रहेकाहरुलाई पनि टीपीएसमार्फत लाभ मिलेको छ । टीपीएसकै कारण अमेरिकी अध्यागमन इतिहासमै पहिलोपल्ट चालु आर्थिक बर्षमा नेपालीहरुले अमेरिकामा बस्न पाउनेगरी अदालतबाट सुविधा प्राप्त गर्नु निकै सकारात्मक कुरा हो । साथै ८ बर्षको इतिहासमा नै सबैभन्दा कम नेपालीहरुले देश निकालाको फैसला पाउनु अर्को सकारात्मक पक्ष हो ।

टीपीएसबाट धेरै नेपालीहरुले फाइदा लिने प्रयास गरेपनि डिपोर्टेशनको प्रकृयामा रहेका नेपालीहरुसमेत टीपीएसमार्फत अमेरिकामा बस्ने नेपालीहरुलाई सबैभन्दा ठूलो राहत भयो । लामो समय पहिले अमेरिका प्रबेश गरेका तर इमिग्रेसन सम्बन्धि फाइदा वा राहत नलिएकाहरुले पनि टीपीएसमार्फत राम्रो फाइदा लिए । भिसा सकिएर ओभरस्टे भएर अमेरिकामा बसेकाहरु टीपीएसमार्फत नेपाल गएर आफन्तलाई भेट्न पाए । अमेरिकामा शरणार्थीका लागि आवेदन दिएका तर अस्वीकृत भएर डिपोर्टेशनको प्रकृयामा रहेकाहरुले अमेरिकामा निर्धक्क बस्न पाउने र काम गर्न पाउने वातावरण तयार भयो ।

अमेरिकामा विना भिसा सिमाना पार गरेर आउनेहरुको अवस्था भयाभह नै थियो । कैयन नेपालीहरु जेलमा थिए । तर नेपाललाई टीपीएसको दर्जा प्रदान गर्नासाथ टीपीएस सुविधा पाएको देशको मानिसलाई डिटेन्सनमा राख्न नमिल्ने आधारमा उनीहरुलाई छाडियो । साथै उनीहरुले वर्क परमिट पनि पाए । यद्यपी टीपीएसका कारण केही अनपेक्षित र अनुमान नगरेका घटनाहरु पनि भए । न्युयोर्क बाहिरका केही न्यायाधिसहरुले टीपीएस पाएका नेपालीहरुको एसाइलमका मुद्दा बन्द गरिदिए । यद्यपी त्यस्ता फैसलाबिरुद्ध अपिल गरेपछि कैयन नेपालीहरुले त्यस्ता मुद्दाहरु जिते । त्यस्तै कतिपय ठाउँमा नेपाललाई टीपीएसको दर्जामा राख्नासाथ नेपालीहरुलाई डिटेन्सन सेन्टरबाट छाडियो । तर कतिपय डिटेन्सन सेन्टरहरु भने कडा रुपमा देखिए । टीपीएसका लागि आवेदन दिइसकेपछि पनि डिटेन्सन सेन्टरमा राखिएका नेपालीहरुलाई छाड्नमा समस्या देखियो ।

cover

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसबाट यसरी धेरै नेपालीहरुले फाइदा लिएपनि अमेरिकी सरकारले अनुमान गरेभन्दा निकै कमलेमात्र टीपीएसका लागि आवेदन दिए । टीपीएसका बारेमा गलत सुचनाहरु प्रवाह गरिंदा टीपीएसका लागि योग्य र टीपीएस आवश्यक भएकाहरुले पनि टीपीएसका लागि आवेदन दिएनन् । अहिले टीपीएस स्वीकृतिमा पनि निकै ढिलाई भइरहेको छ । टीपीएस आवेदनकर्तालाई थप कागजात माग्दै युएसीआईएसबाट पत्र पठाउने गरिएको छ । कतिपय सन्दर्भमा राम्रोसँग टीपीएसको आवेदन नभर्दा र फर्ममा सोधिएका प्रश्नको सही जवाफ नदिएका कारण पनि यस्तो भएको देखिन्छ ।

अमेरिकी सरकारले अपेक्षा गरे अनुशार आवेदनहरु नपर्दा टीपीएसको अवधि लम्बिनेमा आशंका बढेको छ । त्यसैले टीपीएसको अवधि लम्बाउन अहिले नै पहल थाल्न जरुरी छ । टीपीएसको अवधि लम्बाउनेमात्र होइन, नयाँ आवेदन पनि दिन पाउने वातावरण बनाउन पहल थाल्न आवश्यक छ । यसै सन्दर्भमा हामीले अमेरिकामा रहेको नेपाली दूतावासमार्फत अमेरिकी सरकारसँगको पहलका लागि अनुरोध पनि गरेका छौं । यसका लागि चौतर्फी पहल हुन आवश्यक छ ।

कुराकानीमा आधारित ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com