इन्डियाना च्याप्टर, एक उत्कृष्ट च्याप्टर


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

 

गैरआवासीय नेपाली संघ अमेरिका, इन्डियाना च्याप्टरको शपथ ग्रहण तथा प्रथम साधारणसभा शनिवार इन्डियानापोलीसमा सम्पन्न भयो ।
कार्यक्रममा २०१७—१९ का लागी निर्वाचित कार्यसमितिका सदस्यहरुलाइ एनआरएनए अमेरिकाका मध्यपश्चिम क्षेत्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राधा पौडेलले शपथ ग्रहण गराउनु भएको थियोे । पौडेलले नवनिर्वाचित कार्यसमितिलाइ बधाइ दिदै इन्डियाना च्याप्टरलाइ एक उत्कृष्ट च्याप्टरको संज्ञा दिनुभयो ।


कार्यक्रमका विशेष अतिथि एवं एनआरएनए अमेरिकाका बोर्ड सदस्य गोपेन्द्र भट्टराइले यूवा सदस्यले भरिएको वर्तमान कार्यसमितिले उदाहरणीय काम गरेर देखाउनु पर्ने सुझाव दिनुभयो । एनआरएन अमेरिकाको गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनले इन्जिनियर तथा समाजसेवी राजीव श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । त्यसैगरि उपाध्यक्षमा सुनिल वाग्ले, सचिवमा देविरमण पंडित,कोषाध्यक्षमा खेमराज खतिवडा, यूवा संयोजक उज्जल पौडेल र महिला संयोजकमा अनुराधा ज्ञावलीलाइ निर्वाचित हुनुभएको थियो । सदस्यहरुमा रमेश अधिकारि, विलोन खम्बु, राजन पोखरेल र बसन्त अर्याल मनोनित हुनुभएको थियो ।


इन्डियाना र आसपासका राज्यका एनआरएनए र अन्य नेपाली संस्थाका विभिन्न पदाधिकारिको उपस्थिति रहेको कार्यक्रममा एनआरएनए इलिनोइ च्याप्टरका अध्यक्ष सत्यनारायण चौधरीले एनआरएनको साझा उदेश्य हासील गर्नेको लागी च्याप्टरहरुले महत्वपुर्ण भूमीका निर्वाह गर्ने बताउदै कुनै पनि किसिमको सहकार्यको लागी आफ्नो च्याप्टर तयार रहेको बताउनु भयो । नवनिर्वाचित कार्यसमितिलाइ, एनआरएन विशकिन्सन च्याप्टर अध्यक्ष बुद्धिसागर सुवेदि,केन्टकी च्याप्टर अध्यक्ष दिलु पराजुली, इलिनोइका पुर्वअध्यक्ष सुमन वस्ती लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । राजीव श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामहरि न्यौपाने, अनन्त आचार्य, मधु अधिकारि लगाएतका नेपाली समुदायका अगुवाहरुले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Photo: Satyanarayan Choudhary

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com